आमा – शिव ढकाल
थाप्लो पिठ्यूँ चर्किंदा नि, रक्त आँसु दर्किदा नि । भोको पेट नाङ्गो आङ्ग, दुत्कार गोदाई बर्षिदा नि ।। मैले आमा भन्दा तिमी, आनन्दले विभोर हुन्थ्यौ […]
बालबालिकाका लागि प्रेरक व्यक्तिहरुको संक्षिप्त जीवनी ‘केही प्रसिद्ध व्यक्तित्व’ कथालयबाट प्रकाशित भएको छ। पुस्तक जयप्रसाद लम्सालको संकलन तथा सम्पादनमा तयार भएको हो। राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त आठ जना व्यक्तित्वहरुका संक्षिप्त जीवनी समेटिएको पुस्तकमा समित श्रेष्ठको चित्राङ्गन रहेको छ।
संग्रहमा लियो टोल्सटायदेखि लक्ष्मीप्रसाद देवकोटा सम्मका रोचक र प्रेरणादायी जीवनी पढ्न पाइन्छ। विभिन्न समयमा आ-आफ्नो क्षेत्रमा मानव जातिका लागि अमूल्य योगदान दिएका अमर व्यक्तित्वका संघर्षको कथाले पाठकलाई प्रेरणा प्रदान गर्छ।
प्राथमिक पाठ्यक्रम पाठ्यपुस्तक विकास एकाइ र आधारभूत तथा प्राथमिक शिक्षा विकास परियोजना, २०५५ अन्तर्गत प्रकाशित ‘केही अमर मानिसहरू’ को दोस्रो संस्करणको रुपमा यो संग्रह प्रकाशित भएको हो।
हाम्रो टिम: प्रकाशक: भुवनेश्वोरी खतिवडा प्रधान-सम्पादक : नारायण भुसाल MORE
© 2021, All right reserved to The Global Expose