निर्देशक सुवर्ण थापाले नयाँ फिल्म ‘दि सेक्रेट्स अफ राधा’ निर्माण गर्ने

२०७७ माघ २४, शनिबार प्रकाशित

काठमाडौँ । ‘सुनगाभा’, ‘फन्को’, ‘बाटो मुनिको फूल २’का निर्देशक सुवर्ण थापाले नयाँ फिल्म ‘दि सेक्रेट्स अफ राधा’ निर्माण गर्ने भएका छन् ।

 

सौगात मल्ल, दयाहाङ राई, खगेन्द्र लामिछाने र निश्चल बस्नेत समेत लिएर उनले यो फिल्म बनाउन लागेका हुन् । केही दिनअघि लोकेशन समेत हेरिएको फिल्मको छायाँकन २६ माघबाट सुरु हुने बताइएको छ ।

निर्देशक थापाकै निर्माण रहेको फिल्मको सबैपक्षको जानकारी भने केही दिन पछि आयोजना हुने फिल्म निर्माण घोषणा कार्यक्रममा सार्वजनिक गरिनेछ । अभिनेता सौगात मल्लको समेत निर्माण सहकार्य रहने केही हप्तादेखि वर्कसप समेत चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित

फिल्म ‘२ नम्बरी ’को सुटिङ फेरि सुरु हुने

काठमाडौं। फिल्म ‘२ नम्बरी ’को सुटिङ फेरि सुरु हुने भएको छ । लकडाउनका कारण रोकिएको फिल्मको सुटिङ चैत्र १५ गतेबाट सुरु हुने निर्माता किरण नेपालीले […]

नायीका स्वेता खड्काले विवाह गरीन

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २४) पहिलो विवाहको केहि समयमा नै श्रीमान नायक श्री कृष्ण श्रेष्ठलाई गुमाएकी नायिका श्वेता खड्काले अन्तत: ६ वर्षपछि दोस्रो विवाह गर्नुभयो । […]