मौसमी विपद कम गर्न सरकारी पुर्व तयारी तिब्र
ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २१) जाडोयामका सम्भावित विपदहरु, शितलहर तथा हिमपातवाट हुने क्षति कम गर्न सरकारले विपद ब्यवस्थापनको पुर्व तयारीलाई तिब्र पारेको छ । राष्ट्रिय विपद […]
काठमाडौं, माघ-२४, चन्द्रागिरि नगरपालिकाले हरेक हप्ता राजमार्ग सरसफाइ गर्ने भएको छ ।
काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकामा रहेको चन्द्रागिरिले सडक सौन्दर्यका लागि हरेक हप्ता सडक सरसफाइ गर्ने भएको हो ।
नगरपालिकाका प्रमुख घनश्याम गिरीले यात्रुले जथाभावीरुपमा बसभित्रबाट सडकमा फोहोर फाल्दा सडकको सौन्दर्य बिग्रँदै गएकाले हप्ताको एकपटक सडक सरसफाइ गर्न लागेको जानकारी दिए । “चन्द्रागिरिले चालु आर्थिक वर्षका लागि सडक सरसफाइमा रु २० लाख रकम विनियोजन गरेको छ”, नगरप्रमुख गिरिले भने ।
यस्तै, चन्द्रागिरिले राजमार्गको बीचभागमा सडक डिभाइडर, तारजाली राख्नका साथै त्यसमा इनामेल तथा रङरोगन गर्नका लागि रु ५० लाख विनियोजन गरेको छ । चन्द्रागिरिको थानकोट नाका हुँदै दैनिक एक लाखभन्दा बढी निजी तथा सार्वजनिक सवारी साधन उपत्यका प्रवेश गर्दै आएका छन् ।
उक्त नगरपालिकाले रु एक करोड लागतमा पिप्लामोड–नागढुङ्गा–कलङ्की क्षेत्रमा सडक बत्तीसमेत राख्न लागेको छ । अहिले ५०० सडकबत्ती राख्ने योजना बनाएको सो नगरपालिकाले आगामी दिनमा २०० बत्ती थप गर्ने बताएको छ ।
यसैगरी, सो नगरपालिकाले राजमार्ग क्षेत्रमा हुने आपराधिक क्रियाकलापको नियन्त्रणका लागि दुई महिना पहिला नै सिसि क्यामरासमेत जडान गरिसकेको छ । उक्त नगरपालिकाले रु एक करोडको लगानीमा ६८ वटा अत्याधुनिक सिसि क्यामरा जडान गरेको थियो ।
वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिका १५ मध्ये ११ वडा राजमार्ग क्षेत्रमा पर्दछन् । चन्द्रागिरि नगरपालिकामै एशियाली विकास बैँकको सहयोगमा नेपालकै पहिलो सुरुङ मार्गसमेत निर्माण हुन लागेको छ । जसको निर्माण कार्य धमाधम भइरहेको छ ।
हाम्रो टिम: प्रकाशक: भुवनेश्वोरी खतिवडा प्रधान-सम्पादक : नारायण भुसाल MORE
© 2021, All right reserved to The Global Expose