गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको संरचना निर्माण गर्न एसियाली विकास बैंकले १५ करोड अमेरिकी डलर (पौने १७.८८ अर्ब रुपैयाँ) ऋण लगानी गर्ने

२०७७ माघ ७, बुधबार प्रकाशित

भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको संरचना निर्माण गर्न एसियाली विकास बैंकले १५ करोड अमेरिकी डलर (पौने १७.८८ अर्ब रुपैयाँ) ऋण लगानी गर्ने भएको छ । अर्थ मन्त्रालय र एसियाली विकास बैंकबीच उक्त वित्तीय लगानी सम्बन्धमा हस्ताक्षर भएको छ ।

दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग(सासेक) अन्तर्गत विमानस्थल क्षमता अभिवृद्धि परियोजनामा यो रकम खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपालका लागि अफिसर इन्चार्ज रुडी लुसी डेन्डरिक्स भान डेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त अवसरमा नदी र बाढीजन्य प्रकोप नियन्त्रण परियोजनाका लागि समेत एडिबीबाट ४ करोड अमेरिकी डलर (पौने ५ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण र १ करोड अमेरिकी डलर -१ अर्ब १८ करोड रुपैयाँ) बराबरको अनुदानका लागि सम्झौता भएको छ ।

अर्थ मन्त्रालयका अनुसार गौतमबुद्ध विमानस्थलका लागि प्राप्त हुने यो रकम विमानस्थलको क्षमता अभिवृद्धिमा खर्च हुने छ । जसमा दोस्रो टर्मिनल विल्डिङ निर्माणको काम पर्छ ।

समानान्तर ट्याक्सी वे निर्माण, जहाजहरु राख्ने हृयांगर निर्माणमा खर्च हुने भएको छ । नदि र बाढीजन्य जोखिम नियन्त्रण परियोजनाका लागि आएको रकम भने बाढी नियन्त्रणका लागि आवश्यक संरचना निर्माण, बाढीको पूर्वसूचना दिने संयन्त्र निर्माण र क्षति नियन्त्रणमा खर्च गरिने भएको छ । यो ऋण सम्झौतामा हस्ताक्षर भएको ९० दिन भित्र कार्यान्वयनमा आउने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित

देशदर्शन टिकटक कम्पिटिसन स‌ंचालन

नेपाल पर्यटन बोर्डले युवापुस्तालाई गन्तब्य प्रवर्द्धनमा आकषिर्त गर्ने उद्देश्यले   ‘देशदर्शन टिकटक कम्पिटिसन’ नामक अफर ल्याएको छ ।  यो अभियान १ जनवरीबाट शुरु भएको हो । […]

हिमालय एयरलाइन्सद्वारा चीनको ल्हासामा परीक्षण उडान

६ माघ, काठमाडौं । नेपालको निजी लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको ल्हासामा परीक्षण उडान गरेको छ । आज बिहान सवा ७ बजेट ल्हासाका […]

नेपाल वायुसेवा निगमको जहाजले मकाउमा चाटर्ड उडान भर्ने

६ माघ, काठमाडौं । नेपाल वायुसेवा निगमले पहिलोपटक मकाउमा चाटर्ड उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सको न्यारोडबडी जहाज आज राती ११ बजे मकाउका लागि […]

पर्वतिय उडान आजवाट औपचारीक रुपमा सुरु

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २०) विस्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को कारण वन्द भएको पर्वतिय उडान आजवाट औपचारीक रुपमा संचालनमा आएको छ । विशेष […]