भारतले पाम आयलमा प्रतिबन्ध लगाउँदा नेपाली उद्योग धराशायी हुँने खतरा

२०७७ माघ ४, आईतवार प्रकाशित

काठमाडौं माघ-३ । छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हुँदै गएको छ ।

भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि यहाँका अधिकांश तेल उद्योग धरासायी भएको हो । पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि व्यावसायीहरुको ठूलो लगानी जोखिममा परेको छ । पाम आयलको माग भारतमा उच्च छ ।

नेपालबाट निकास हुने प्रमुख वस्तुमध्ये एक पाम तेल नै हो । आर्थिक वर्ष २०७६÷७७ मा निकासीको सूचीमा रहेको प्रशोधित पाम आयल चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म निकासीको सूचीबाट हटेको छ । पाम आयल उत्पादन गरी भारतमा निकासी हुने मुख्य २० वस्तुको सूचीबाट पाम आयल हटेका कारण यस क्षेत्रका उद्योग आर्थिक मारमा पर्दै गएको छ ।

इण्डोनेसिया, क्यानाडालगायत तेस्रो मुलुकबाट भारतको बाटो गरी आयात भई नेपाल भित्रिने तथा नेपालमा प्रशोधन गरी पुनः भारतीय बजारमा जाँदा भारतीय उद्योग प्रभावित हुने गरेकाले भारत सरकारले पाम आयलमा प्रतिबन्ध लगाएको हो । नेपाल चामल, दाल, तेल उद्योग सङ्घका अध्यक्ष सुवोधकुमार गुप्ताले पाम आयलको आयातमा भारतले एकपक्षीयरूपमा प्रतिबन्ध लगाउँदा  पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग बन्द हुने अवस्थामा पुगेको बताए । वीरगञ्ज भन्सार नाका हुँदै अघिल्लो वर्ष नेपालबाट भारततर्फ रु १८ अर्ब ३१ करोडको पाम आयल निर्यात भएको थियो ।

पर्सा, बारामा रहेको १४ यस्ता उद्योगले वीरगञ्ज भन्सार नाकाबाट मात्रै रु ११ अर्ब ७२ करोड मूल्य बराबरको एक लाख ६० हजार मेट्रिक टन पाम आयल भारत निकासी गरेको थियो । तर भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि गत वैशाखदेखि यसको निकासी हुन नसकेको वीरगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत रमेश सुकमनीले बताए ।

प्रतिक्रिया

सम्बन्धित

चिनले नेपाललाई ५ लाख डोज कोरोना विरुद्वको खोप उपलब्ध गराउने

परराष्ट्र मन्त्रालयले शुक्रबार बेलुका जारी गरेको विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको टेलिफोन वार्तामा वाङले उक्त प्रतिबद्धता गरेका हुन् । यसअघि माघ १८ गते नेपालस्थित चिनियाँ दूतावासले नेपाललाई […]

सरकारी कार्यालयमा कर्मचारीको लापर्वाहि

काठमाडौ‌ं माघ-८, ब्यवस्था वदलियो, ब्यक्ति वदलिए तर नेपालको सरकारी काम कार्वाहिको स्वरुप भने कहिल्यै वदलिएन । समयमा कार्यालय आउनु, सेवाग्राहिको काम सजिलै सल्टाईदिनु तथा सहज […]

नेपाल सरकारद्वारा सरकारी सेवाहरुको डिजिटल प्लेटफर्म ‘नागरिक एप’ जारी।

काठमाडौं माघ-४ । ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ ‘नागरिक एप’ सार्वजनिक गरिएको छ । सरकारद्वारा प्रदान गरिने सबै किसिमका […]

पोखरामा निर्माणाधिन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको पर्यटन मन्त्रीद्वारा निरिक्षण

काठमाडौं, माघ-४ । पर्यटन मन्त्री भानुभक्त ढकालले पोखरामा निर्माणाधिन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निरिक्षण गर्नुका साथै आयोजनाको हालसम्मको प्रगतिका वारेमा आयोजनाका अधिकारीहरु संग जानकारी लिनुभएको छ […]

१० महिना पछि, आजवाट उपत्यकाका विद्यालयहरु खुले

काठमाडौं, माघ-४ । कोरोना भाईरसको महामारीका कारण लामो समय देखि वन्द भएको काठमाडौ उपत्यकाका विद्यालयहरु आजवाट सुचारु भएका छन् । नयाँ शैक्षिक सत्र सुरु भएको […]

इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ निष्कासन

ग्लोवल एक्सपोज, (काठमाडौं-माघ २) इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ (प्राथमीक सेयर)मा आजवाट यहि माघको ६ गते सम्मका लागि आवेदन खुलेको छ । बैंकले रु १०० दरको ८ […]