राष्ट्रिय फुटवल टिमका महिला खेलाडीलाई पनि पुरुष टिमका खेलाडीसरह समान तलब दिईने
गत विहिवार वसेको अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले राष्ट्रिय टिमका महिला खेलाडीलाई पनि पुरुष टिमका खेलाडीसरह समान तलब दिने निर्णय गरेको छ । […]
ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २६)। कोरोना जोखीमका कारण, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अर्को मिति छिट्टै घोषणा गरिने भएको छ ।
सो कुराको जानकारी, राष्ट्रिय खेलकुद परिषद्ले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले दिनुभएको हो ।
मन्त्री विश्वकर्माले फागुनमा गर्ने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन नसक्ने बताएका हुन् ।
कोरोनाको जोखिम कम हुँदै गएपछिको अवस्थामा अर्को मिति परिषद्को आगामी बैठकबाट तय गरिने उनले बताए । साथै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लागि तयार गरिने पूर्वाधार विकासको कार्य कोभिडका कारण प्रभावित भएकाले त्यसको व्यवस्थापनको लागि पनि महत्वपूर्ण कामहरु गर्न बाँकी रहेको मन्त्री विश्वकर्माले बताए ।
छलफल कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले कोरोनाको जोखिमसँगै खेलकुद गतिविधि सञ्चालन गर्नुपर्ने भएकाले स्वास्थ्यको मापदण्डलाई धेरै ख्याल गर्नुपर्ने बताए ।
एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले खेल संघहरुलाई सरकारले नियमित बजेट उपलब्ध गराउन आवश्यक रहेको बताए । यस्तै छलफलमा गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानका प्राविधिक निर्देशक स्वयम्भूराज डंगोलले नेपाली दूतावास भएका देशका राजदूतले गैरआवासीय रुपमा विदेशमा बसेका नेपाली खेलाडीलाई प्रतियोगिताहरुमा सहभागी गराउन पहल गर्नुपर्ने बताए ।
छलफलमा सहभागी भएका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद जीवनराम श्रेष्ठले नवौं राष्ट्रिय प्रतियोगिताको मिति तोक्नुअघि बृहत् छलफल गर्नु आवश्यक रहेको बताए ।
यसअघि गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय भएको थियो । अहिले स्वास्थ्यको मापदण्डमा रहेर ओलम्पिकमा समावेश हुने खेलको प्रशिक्षण भइरहेको छ । साथै चितवनमा गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता हुँदैछ । त्यस्तै राष्ट्रिय फुटबल टोलीले बंगलादेशको ढाका पुगेर मैत्रीपूर्ण खेल खेलेर फर्किइसकेको छ ।
हाम्रो टिम: प्रकाशक: भुवनेश्वोरी खतिवडा प्रधान-सम्पादक : नारायण भुसाल MORE
© 2021, All right reserved to The Global Expose