राष्ट्रिय फुटवल टिमका महिला खेलाडीलाई पनि पुरुष टिमका खेलाडीसरह समान तलब दिईने

२०७७ मंसिर २६, शुक्रबार प्रकाशित

गत विहिवार वसेको अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले राष्ट्रिय टिमका महिला खेलाडीलाई पनि पुरुष टिमका खेलाडीसरह समान तलब दिने निर्णय गरेको छ । यो सँगै राष्ट्रिय टिमका खेलाडीको तलब मासिक १८ हजार रुपैयाँ पुगेको छ ।
यसअघि एन्फाले पुरुष टिमका खेलाडीलाई मासिक १५ हजार र महिला खेलाडीलाई ७ हजार दिइरहेको थियो । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को महिला खेलाडीको सेवा–सुविधामा आमूल परिवर्तन गर्ने अभियानपछि एन्फाले पनि महिला खेलाडीको तलब वृद्धि गरी पुरुषको बराबर बनाउने निर्णय गरेको हो । यसबाट सिनियर राष्ट्रिय टिमका खेलाडीलाई प्रत्यक्ष फाइदा पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अर्को मिति छिट्टै घोषणा गरिने

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २६)। कोरोना जोखीमका कारण, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अर्को मिति छिट्टै घोषणा गरिने भएको छ । सो कुराको जानकारी, राष्ट्रिय खेलकुद परिषद्ले […]

सशस्त्र प्रहरीले आफै‌ं फुटबल एकेडेमी सञ्चालन गर्ने

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २४) । विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ)ले अब आफ्नै फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । शीर्ष डिभिजनको लिग खेल्ने क्लबले […]