नेकपा विवाद: सत्ता र स्वार्थको डरलाग्दो खेल

२०७७ माघ २, शुक्रबार प्रकाशित

ग्लोवल एक्सपोज, (काठमाडौं-माघ २)देशमा भईरहरेको हालको राजनितिक परिदृष्य कुनै नौलो, अनायास वा समयको आवस्यकताले निम्त्यएको होईन । वाहिर समाचारमा आए जस्तो, वा नेता र तिनका कार्यकर्ताले ब्यक्त गरे जस्तो अथवा एक अर्काप्रति गम्भिर रुपमा उठाईएका लाल्छनाहरु जस्तो केहि होईन ।
हामी आम सर्वसाधारणलाई लाग्न सक्छ, अव त टुट्यो-फुट्यो नजोडिने गरी । एक अर्काका जन्माजात शत्रु झैं सिद्दयाउन वा सकीन पछि परेको जस्तो, वढो नाटकीय परिदृष्य राजनितिमा सामान्य नै मानिन्छ । सत्ता र शक्तिका लागि, कसैको भर्याङ वन्नु वा कसैलाई वनाउनु, निकृष्ठ प्रकारका शैलि या कार्यविधि अपनाउनु, नैतिकता र ईमानदारीता लाई तिलाञ्जली दिएर पदको लागि र्याल चुहाऊँदै हिंड्नु आधुनिक राजनितिको प्रमुख आधार अनि गुणहरु हुन् । त्यसैले, नेपाली राजनितिबृत्तमा देखिएको हालको अवस्था सामान्य हो । आकास नै खस्लाकी भन्ने एकाथरीको भ्रम केवल भ्रम मात्र हो ।
नेपालको राजनितिक ईतिहाँसलाई राम्रोसंग अध्यायन गर्ने हो भने, छिमेकीले आफ्नो अनुकुल याहाँका नेताहरुलाई परिचालित गरेका, आफु अनुकुल परिस्थिति वनाईदिन नेतमहरुले हारगुहार गरेका अनगिन्ति उदाहरणहरु छन् । नैतिकता, ईमानदारीता तथा देश र समाज प्रतिको आफ्नो उत्तरदायित्वलाई एउटा कुनामा फ्याँकेर चारित्रिक नकच्चरोपन उदाङ्गो पार्नेहरुको जमात पनि याहाँ ठुलै छ । विशेषगरी २००७ सालको क्रान्ती पछिको राजनैतिक अवस्थामा, नेताहरुको क्षणीक स्वार्थ र नैतिक ब्यापारले ठुलै स्थान ओगटेको छ । तत्कालीन मोहन शंशेर, मात्रिका, वि.पी हरु हुन या पंचायतका तुलसी, किर्तिनिधि वा मरीचमानहरु हुन, अनि २०४६ र ०६४ पछिका नव सामन्तहरु तथा छद्मी महाराजाहरु हुन सवै राजनैतिक आचारहिन स्वार्थीहरुको भिडहरु वन्न पुगेका छन् ।
हालको नेकपा विवाद पनि यसैको एउटा स्वरुप मात्र हो ।

प्रतिक्रिया

सम्बन्धित

मौसमी विपद कम गर्न सरकारी पुर्व तयारी तिब्र

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २१) जाडोयामका सम्भावित विपदहरु, शितलहर तथा हिमपातवाट हुने क्षति कम गर्न सरकारले विपद ब्यवस्थापनको पुर्व तयारीलाई तिब्र पारेको छ । राष्ट्रिय विपद […]

कोरोना भाईरसको भ्याक्सिन चांडैनै आउने

कोरोना भाईरस(कोभिड-१९) को भ्याक्सिन चांडैनै आउने भएकाे छ । वेलायतवाट यस खोप सर्वसाधारणलाई दिन सुरु गरीएको छ ।