इन्स्टाग्रामबाट चार घण्टा सम्म लाईभ गर्न मिल्ने

२०७७ मंसिर २४, बुधबार प्रकाशित

वासिङ्टन — फोटो सेयरिङ एप इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने भएको छ । यसअघि एक घण्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकामा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने व्यवस्था गर्न लागिएको कम्पनीले घोषणा गरेको छ ।
थप गर्न लागिएको सेवा इन्स्टाग्रामका सबै प्रयोगकर्ताहरुले विश्वभर जुनसुकै ठाउँबाट पनि प्रयोग गर्न पाउने भएका छन् ।
नयाँ व्यवस्थाले विशेष गरेर योग र गीत–संगीत आदिको भिडियो लाइभ गर्न चाहने, कलाकार, पाक कलामा संलग्नहरुलगायतलाई फाइदा हुने अपेक्षा गरिएको छ ।
त्यसबाहेक लामो भिडियो बनाउन मिल्ने कार्यमा लागेकाहरु वा त्यस्तो प्रसारण गर्न चाहनेहरुलाई उपयोगी हुने कम्पनीका अधिकारीहरुले विश्वास व्यक्त गरेका छन् ।
‘तपाईंको भिडियो आर्काइभमा राख्न सकिन्छ, त्यो तीस दिनसम्म मात्रै रहन्छ, आर्काइभमा भएको बेलामा तपाईंले मात्रै हेर्न सक्नुहुन्छ,’ इन्स्टाग्रामद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित

नेपाल सरकारद्वारा सरकारी सेवाहरुको डिजिटल प्लेटफर्म ‘नागरिक एप’ जारी।

काठमाडौं माघ-४ । ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ ‘नागरिक एप’ सार्वजनिक गरिएको छ । सरकारद्वारा प्रदान गरिने सबै किसिमका […]