सशस्त्र प्रहरीले आफै‌ं फुटबल एकेडेमी सञ्चालन गर्ने

२०७७ मंसिर २४, बुधबार प्रकाशित

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २४) । विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ)ले अब आफ्नै फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ ।
शीर्ष डिभिजनको लिग खेल्ने क्लबले आफ्नै एकेडेमी सञ्चालन गर्न लागेको यो पहिलोपटक हो ।
मंगलबार हलचोकमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा एन्फाका तर्फबाट अध्यक्ष कर्माछिरिङ शेर्पा तथा एपीएफबाट महानिरीक्षक शैलेन्द्र खनाल तथा अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले हस्ताक्षर गर्नुभयो ।
महानिरीक्षक खनालले सम्झौताले नेपाली खेलकुदको विकासमा एउटा इँटा थपेको भन्दै प्रतिभाहरुको पहिचान गरी खेल र शिक्षाबाट वञ्चित भएकाहरुलाई अवसर सृजना गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
एन्फा अध्यक्ष शेर्पाले सम्झौता नेपाली फुटबलको विकासमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
१४ वर्ष उमेर समूहको फुटबल एकेडेमीमा एपीएफबाट सात, एन्फाबाट सात तथा खुला छनोटबाट सात गरी जम्मा २१ जनालाई भर्ना गरिने बताइएको छ ।
एन्फाबाट छनोट भएका खेलाडीलाई एन्फाले नै सहयोग गर्ने भएको छ ।
सो एकेडेमी सञ्चालन गर्न वार्षिक १० लाख रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको छ ।
फिफा तथा एएफसीको ए लाइसेन्सिङ मापदन्डभित्र पर्ने यो युथ लेभलको कार्यक्रमलाई नयाँ शैक्षिकसत्रबाट सुरु गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अर्को मिति छिट्टै घोषणा गरिने

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २६)। कोरोना जोखीमका कारण, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अर्को मिति छिट्टै घोषणा गरिने भएको छ । सो कुराको जानकारी, राष्ट्रिय खेलकुद परिषद्ले […]

राष्ट्रिय फुटवल टिमका महिला खेलाडीलाई पनि पुरुष टिमका खेलाडीसरह समान तलब दिईने

गत विहिवार वसेको अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले राष्ट्रिय टिमका महिला खेलाडीलाई पनि पुरुष टिमका खेलाडीसरह समान तलब दिने निर्णय गरेको छ । […]