नेपालमा बीएमडब्ल्यूको आधिकारिक बिक्री सुरु

२०७७ मंसिर २४, बुधबार प्रकाशित

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २४) नेपालका लागि बीएमडब्ल्यू मोटर्सको आधिकारिक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले बीएमडब्ल्यू ब्रान्डको आधिकारिक बिक्री सुरु गरेको छ । कम्पनीले काठमाडौंको तीनकुनेको शोरुमबाट यो गाडी बिक्री गर्नेछ ।
जर्मन ब्रान्ड बीएमडब्लुलाई नेपाली बजारमा स्थापित गर्न र बजारीकरण गर्न लक्ष्मी प्रिमियमले बीएमडब्ल्यू एसिया र बीएमडब्ल्यू बंगलादेशसँग सहकार्य गरेको छ ।
नेपालमा बीएमडब्ल्यू ब्रान्ड र नयाँ शोरुमको सुरुआत गर्दै बीएमडब्ल्यू ग्रुप एसियाका प्रबन्ध निर्देशक क्रिस्टोफर वेनरले लक्ष्मी प्रिमियम मोर्टससँगको सहकार्यबाट बीएमडब्ल्यू उत्साहित भएको बताए । लक्ष्मी प्रिमियम मोटर्ससँगको सहकार्यले नेपालमा बीएमडब्ल्यू ब्राण्डको उपस्थिति बलियो हुने विश्वास उनको छ ।
‘स्टेट अफ आर्ट’ फिचरयुक्त शोरुम निर्माण गरेका छौं । कम्पनीले उत्कृष्ट बिक्री र बिक्रीपछिको सेवा दिन कटिवद्ध रहेको छ’, लक्ष्मी प्रिमियमका कार्यकारी निर्देशक निराकार श्रेष्ठले भने ।
कम्पनीको शोरुमबाट ग्राहकले विभिन्न ४ मोडलको प्रदर्शनी देख्न सक्ने र कन्ट्याक्ट लेस’ टेस्ट ड्राइभको सुविधा पनि पाउने श्रेष्ठले बताए । बीएमडब्ल्यू बंगलादेशले नेपालमा यसको बजार स्थापित गर्न बिक्री र बिक्रीपछिको सेवा प्रदान गर्न पूर्वाधारलाई प्राथमिकता दिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित

भारतले पाम आयलमा प्रतिबन्ध लगाउँदा नेपाली उद्योग धराशायी हुँने खतरा

काठमाडौं माघ-३ । छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हुँदै गएको छ । भारतले पाम आयल […]

नारायणी किनारमा पर्यटकीय पूर्वाधार निर्माणको कामलाई तीव्रता

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २४) । नारायणी नदी किनारमा गुरुयोजनाअनुसार पर्यटकीय पूर्वाधारका कामलाई तीव्रता दिन थालिएको छ । भरतपुर महानगरपालिकाले तयार गरेको गुरुयोजनाअनुरुप नदी किनारलाई आकर्षक […]

नेपालले बास्मती धानको भौगोलिक हककालागि दाबी गर्ने

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २४) । सरकारले बास्मती धानको भौगोलिक हककालागि दाबी विरोध गर्ने तयारी थालेको छ । भारतले बास्मती धानको भौगोलिक संकेत हकअधिकार स्थापित गर्नका […]