सफलताको सुत्र

२०७७ मंसिर २३, मंगलवार प्रकाशित

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २३)मानिस स्वभावत सफल वन्न चाहान्छ । तर सफलता के हो ? के भयो भने सफल भईन्छ भन्ने कुरामा मानिसको धारणामा एकरुपता पाईन्न । कोहि मानिस धेरै धन आर्जनलाई सफलता ठान्छन, कोहि पद प्रतीष्ठा त कोहि अध्यात्मिक ज्ञान आर्जनलाई । विलासीतापुर्ण भड्कीलो जीवनशैली कसैको सफलताको सुचक वन्न सक्छ त कसैको सादगीपुर्ण ब्रम्हचार्य जीवन । आखिर वास्तवीक रुपमा सफलता के हो त? आर्थिक, भौतिक, राजनैतिक, सामाजिक या अध्यात्मीक या अन्य कुनै…..।
सफलताको वारेमा जान्नु अगाडि हामीले हाम्रो दिमाग, शरिर र आत्माको वारेमा बुझ्नु जरुरी हुन्छ । सवै किसिमको सफलता या असफलताको कारक वा जड यहि तिन कुराहरुमा निहित रहन्छ । यहि तिन कुराहरुको संयोग वा वियोगमा आधारित रहेर कुनै ब्यक्ति कति सफल या असफल मापन गर्न सकिन्छ । जतिनै ठुला दर्शन वा सिद्दान्तका कुरा गरेपनि, धर्म या अध्यात्मका कुरा गरेपनि आखिर मानिस कुन रुपमा कति सफल भयो भन्ने कुरा उसको सोंच (दिमाग), शरिर र आत्माको सन्तुलित तालमा निर्भर रहन्छ ।

प्रतिक्रिया

सम्बन्धित