डेनमार्कमा नेपाली मास्टर बेकर सन्जिव गिरीले जिते १९ लाख रुपैयाँ

२०७७ मंसिर २३, मंगलवार प्रकाशित

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २३) डेनमार्कमा एक जना नेपाली युवाले १९ लाख (एकलाख डेनिस क्रोनर) रुपैयाँ छात्रवृति पुरस्कार पाएका छन् । प्रत्येक वर्ष डेनमार्कको प्रख्यात एक संस्था एपी मुलर फाउन्डेन्सले प्रशिक्षार्थीलाई प्रदान गर्ने छात्रवृत्ति यस वर्ष नेपाली युवा सन्जिव गिरीले जितेका हुन् ।
माग भएको छात्रवृतिमा आवेदन दिँदै सहभागी गिरीले एकलाख डेनिस क्रोनर अर्थात् १९ लाख नेपाली रुपैयाँ पाए । यस वर्षलाई संस्थाले दुई विधामा सर्वोकृष्ट हुनेलाई पुरस्कृत गरेको थियो। बेकरी विधामा गिरीले पाए । अर्को बिधामा भने होम पेन्टिङमा उत्कृष्ट हुनेलाई दिइयो ।
सन्जिवले अन्तिम परीक्षामा उत्कृठ अंक प्राप्त गदै रजत पदक पाए। यो पुरस्कार पाउने डेनमार्कमा कार्यरत नेपालीमध्ये गिरी पहिलो व्यक्ति हुन् । उनले पाएको छात्रवृत्तिको रकमले युरोपकै फ्रान्समा गएर थप अध्ययन गर्ने बताएका छन् । फ्रान्स बेकरीमा विश्वप्रख्यात छ ।
२०४२ सालमा काठमाडौंको नागार्जुन नरपालिका रामकोटमा जन्मिएका गिरीले त्रिभुवन विश्वविद्यालयबाट मानविकी संकायबाट स्नातक गरेका थिए ।
जेड.बी.सी रिङ्गस्टेडमा अध्ययन गर्दै टिवोलीको निम्ब र एन्डरसन बेकरीमा काम गर्दै २०१९ मा बेकरीमा स्नातक गरेका छन्। गिरीले ११ वर्ष अघि होटल सोल्टी, सोल्टी होटल अन्तरगतै एलएसजी स्काई सेफ तथा होटल द्वारीकाजमा काम गरेका थिए ।
हाल डेनमार्कको राजधानी कोपन हेगन एन्डरसन बेकरीमा २०१० देखि मास्टर बेकरको रुपमा काम गरिरहेका छन्। डेनमार्कमा नेपाली बेकरहरुको संख्या नगन्य मात्रै रहेको छ। एन्डरसन बेकरी जापानमा सन् १९५९ मा स्थापना भएको हो । २००८ मा यो कम्पनी डेनमार्कमा स्थापना भएको हो ।
यो बेकरी हाल विश्वभर फैलिएको छ भने डेनमार्कको टप टेन बेकरीको रुपमा परीचित छ । कोरोनाका कारण यस वर्ष डेनर्माकी महारानीबाट पाउने रजत पदक भने अर्को वर्षको मार्चमा प्रदान गरिने छ । पुरस्कार रकम र प्रमाण प्रदान गरिसकेको छ ।
गिरी बेकरी सम्बन्धी उच्च शिक्षा अध्ययन गर्न सन् २०१० मा डेनमार्क पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित

नेपाल पत्रकार महास‌ंघ यूरोप शाखाको अधिवेसन फेब्रुअरी २० मा हूँदै

नेपाल पत्रकार महासंघ यूरोप शाखाको चौथो अधिवेशन आगामी फागुन ८ गते(फेब्रुअरी २०) मा हुने भएको छ । गत बिहीबार शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा सम्पन्न […]

अमेरिकाले टिपिएसको म्याद थप्यो:१५ हजार नेपालीले लाभ पाउने

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २३) अमेरिकाको सिटिजनशिप एण्ड इमिग्रेसन सर्भिसेजले टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) सुविधाको म्याद थपेको छ । डिसेम्बर ९ मा सकिने पूर्वनिर्धारित टिपिएस सुविधाको […]

कोरोनाबाट जर्मनीमा एक नेपालीको निधन

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २३) कोरोना भाइरसको संक्रमणका कारण जर्मनीमा एक नेपालीको मृत्यु भएको छ । विद्यार्थी भिसामा करिब एक दशकअघि जर्मनीको फ्यांकफर्ट आएका सुरज थापाको […]

मलेसियामा अलपत्र परेका नेपाली स्वदेश फर्कने क्रम जारी

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २३) मलेसियामा कोरोनाभाइरस लगायत विभिन्न कारणले अलपत्र परेका नेपाली स्वदेश फिर्ता हुने क्रम जारी छ । नेपाल एरलाईन्स, हिमाल एरलाईन्स, मलेसिया एयरलाईन्स, […]