नेपाल पत्रकार महासंघ यूरोप शाखाको अधिवेसन फेब्रुअरी २० मा हूँदै
नेपाल पत्रकार महासंघ यूरोप शाखाको चौथो अधिवेशन आगामी फागुन ८ गते(फेब्रुअरी २०) मा हुने भएको छ । गत बिहीबार शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा सम्पन्न […]
ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २३) अमेरिकाको सिटिजनशिप एण्ड इमिग्रेसन सर्भिसेजले टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) सुविधाको म्याद थपेको छ । डिसेम्बर ९ मा सकिने पूर्वनिर्धारित टिपिएस सुविधाको म्याद २०२१ को अक्टोबर ४ सम्मका लागि थपिएको हो । यो सुविधा टिपिएस सुविधा लिएर अमेरिकामा बस्दै आएका नेपालसहित एल साल्भाडोर, हाइटी, हन्डुरास, निकारागुवा र सुडानका नागरिकको हकमा लागू हुनेछ ।
२०७२ को महाभूकम्पपछि अमेरिकाले नेपालीहरुलाई टिपिएसको सुविधा दिएको थियो । यो सुविधा लिएर अमेरिकामा १५ हजार नेपाली बस्दै आएका छन् । टिपिएस सुविधा खारेज गर्ने ट्रम्प सरकारको निर्णयविरुद्ध नेपालीहरुले अदालतमा दिएको आवेदनमा अमेरिकामा १५ हजार नेपाली टिपिएस सुविधा लिएर बसिरहेको उल्लेख थियो । यो सुविधाबारे विस्तृतमा जान्न चाहनेले अमेरिकाको सिटिजन एण्ड इमिग्रेसन सर्भिसेजको वेबसाइटमा गएर विस्तृत जानकारी लिन सक्नेछन् ।
हाम्रो टिम: प्रकाशक: भुवनेश्वोरी खतिवडा प्रधान-सम्पादक : नारायण भुसाल MORE
© 2021, All right reserved to The Global Expose