मलेसियामा अलपत्र परेका नेपाली स्वदेश फर्कने क्रम जारी

२०७७ मंसिर २३, मंगलवार प्रकाशित

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २३) मलेसियामा कोरोनाभाइरस लगायत विभिन्न कारणले अलपत्र परेका नेपाली स्वदेश फिर्ता हुने क्रम जारी छ ।
नेपाल एरलाईन्स, हिमाल एरलाईन्स, मलेसिया एयरलाईन्स, मलिन्डो एयर चार्टर्ड उडानबाट हालसम्म २१ हजार ३ सय ४० जना स्वदेश फिर्ता भएका छन् ।
मलेसियास्थित नेपाली दूतावासले हरेक हप्ता शुक्रबारका दिन आफ्नो फेसबुक पेज एम्बेसी अफ नेपाल मलेसिया मार्फत् मलेसियामा कार्यरत नेपालीलाई पर्न गएको समस्या समाधानको लागि लाइभ कार्यक्रम समेत संचालन गर्दै आएको छ भने समस्या समाधान लगायत अन्य जानकारीका लागि सम्पर्क हटलाईन नम्बर +६० ०१६२४७२७७७ उपलब्ध गराएको छ ।
मलेसियामा कोरोना भाइरसबाट हालसम्म ७० हजार २ सय ३६ जना संक्रमित हुनुको साथै ३ सय ७६ जनाको मृत्यु भएको छ भने ५९ हजार ६१ जना निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित

नेपाल पत्रकार महास‌ंघ यूरोप शाखाको अधिवेसन फेब्रुअरी २० मा हूँदै

नेपाल पत्रकार महासंघ यूरोप शाखाको चौथो अधिवेशन आगामी फागुन ८ गते(फेब्रुअरी २०) मा हुने भएको छ । गत बिहीबार शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा सम्पन्न […]

डेनमार्कमा नेपाली मास्टर बेकर सन्जिव गिरीले जिते १९ लाख रुपैयाँ

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २३) डेनमार्कमा एक जना नेपाली युवाले १९ लाख (एकलाख डेनिस क्रोनर) रुपैयाँ छात्रवृति पुरस्कार पाएका छन् । प्रत्येक वर्ष डेनमार्कको प्रख्यात एक […]

अमेरिकाले टिपिएसको म्याद थप्यो:१५ हजार नेपालीले लाभ पाउने

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २३) अमेरिकाको सिटिजनशिप एण्ड इमिग्रेसन सर्भिसेजले टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) सुविधाको म्याद थपेको छ । डिसेम्बर ९ मा सकिने पूर्वनिर्धारित टिपिएस सुविधाको […]

कोरोनाबाट जर्मनीमा एक नेपालीको निधन

ग्लोवल एक्सपोज, (काठमाडौं-मंसीर २३) कोरोना भाइरसको संक्रमणका कारण जर्मनीमा एक नेपालीको मृत्यु भएको छ । विद्यार्थी भिसामा करिब एक दशकअघि जर्मनीको फ्यांकफर्ट आएका सुरज थापाको […]