आमा – शिव ढकाल

२०७७ मंसिर २३, मंगलवार प्रकाशित

थाप्लो पिठ्यूँ चर्किंदा नि, रक्त आँसु दर्किदा नि ।
भोको पेट नाङ्गो आङ्ग, दुत्कार गोदाई बर्षिदा नि ।।
मैले आमा भन्दा तिमी, आनन्दले विभोर हुन्थ्यौ ।
तँ नै जिउने आधार भनी, हरपल मेरो माथा चुम्थौ ।।

अर्थ, बुद्धि, मान पाएँ, तिमी अव काँढो भयौ ।
आफ्नै संसार वन्यो मेरो, आमा अव घाँडो भयौ ।।
माकुरो झैँ मन वन्यो, देख्नै छोडें तिम्रा घाउ ।
तिम्रा कारण कलह भो, आमा अव आश्रम जाउ ।।

कपुत सन्तान कलंकित, होलान यहाँ कयौं यस्ता ।
वावु आमा सत्रु देख्ने, निकृष्टका पराकाष्टा ।।
नाम, दाम, तेज तिम्रा क्षणिक जान, क्षणभर टिक्छन् ।
तिम्रा पनि सन्तान होलान, जस्तो देख्छन त्यस्तै सिक्छन् ।।

प्रतिक्रिया

सम्बन्धित

प्रेरक व्यक्तिहरुको संक्षिप्त जीवनी समेटिएको पुस्तक प्रकाशीत

बालबालिकाका लागि प्रेरक व्यक्तिहरुको संक्षिप्त जीवनी ‘केही प्रसिद्ध व्यक्तित्व’ कथालयबाट प्रकाशित भएको छ। पुस्तक जयप्रसाद लम्सालको संकलन तथा सम्पादनमा तयार भएको हो। राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त […]