About

विगत केहि दशक यता विश्वब्यापी रुपमा विकास तथा विस्तार भएको सुचना र प्रविधिको नविनतम उपकरणहरुले संसारलाई नै एउटा सानो गाउँको रुपमा परिणत गरीदिएको छ । यसले आमसंचारका पुरातन मान्यताहरु तथा तत्कालिन अभ्यास र सिद्धान्तहरुलाई भत्काउँदै विल्कुलै नयाँ कोणवाट आमसंचार र आमसंचार पत्रकारीतालाई परिभाषीत गरिदिएको छ । सबै किसिमका सुचना, समाचार तथा ज्ञान र मनोरञ्जनका सामाग्रीहरु एउटै माध्यम मार्फत प्रशारण हुने हुनाले पाठक, श्रोता तथा दर्शकहरुको चाहना तथा आवस्यकता अनुरुपको पहूँचलाई निकै सरलीकृत गरीदिएको छ, सुचना र प्रविधिको विकासले ।
नेपालको परीप्रेक्ष्यमा, सुचना र प्रविधिको विकासले विद्युतीय संचार माध्यमको वाढिनै आएको छ । सैयौ नयाँ अनलाईन मिडिया स्थापित भएका छन भने स्थापित परंपरागत समाचार संस्थाहरु पनि आफुलाई अनलाईन संचार माध्यमको रुपमा विकास गरीसकेका छन् । यसरी नयाँ संचारमाध्यमको स्थापना तथा पुराना समाचार संस्थाहरुको प्रविधिमैत्री विकासले समाचार, सुचना तथा मनोरञ्जनका सामाग्रीहरुको प्रशारणमा प्रतिश्पर्धको अवस्था सृजना भएको छ । कसले छिट्टो समाचार तथा सुचना प्रवाह गर्ने? तथा कस्को अनलाईन संचार माध्यमलाई कति जनाले हेरे? आदि जस्ता कुराहरुले प्रतिस्पर्धात्मक समाचार तथा सुचना प्रवाह र अनलाईन संचारमाध्यमवाट पाठक, श्रोता तथा दर्शकहरुले आफुलाई आवस्यक समाचार, सुचना तथा मनोरञ्जनका सामाग्रीहरु प्राप्तीको सहजतामा गम्भीर ढंगले लागेको पाईन्छ ।
नेपालको राजनैतिक, धार्मीक सामाजिक तथा आर्थिक परिवर्तन तथा विकासमा पत्रकारहरुको योगदानलाई कम आँक्न नमीने ता पनि, पहिले देखिनै प्रश्रय पाईरहेको पत्रकारीता क्षेत्रको विकृति र विसंगति ले विद्युतिय संचार माध्यमको विकास र विस्तार संगसंगै झन ब्यापकता पाएको छ । गलत सुचना र समाचार, असामाजिक, अनैतिक तथा अश्लिल सामाग्रीहरुको उत्पादन तथा प्रचार प्रशार पनि त्यत्तिकै बढेको छ । डराउने, धम्क्याउने, तथा कसैको अन्धभक्तिगाथा गाउने चाटुकारी प्रवृति पत्रकारीता जगतमा हावि हुँदै गएको छ । जसका कारण संचारमाध्यमहरुको सुलभता संगसंगै यसको विश्वसनियतामा ठुलै प्रश्नचिन्ह खडा भएको छ ।

अवसर र चुनौतिहरुका साथसाथै पत्रकार तथा उसको पत्रकारीताको चरित्रमानै संका उपसंका अनि विविध लाल्छना उब्जिरहेको यो विषम् परिस्थितीमा हामी लामो समय देखि विभिन्न संचार माध्यमामा ईमान्दारीताका साथ सक्रिय पत्रकारीता गर्नुका साथसाथै आमसंचारका विभिन्न विधामा अध्यायन तथा अनुसन्धान गरेका विद्यार्थीहरु मिलेर, सवै प्रकारका आग्रह वा पुर्वाग्रहवाट मुक्त भई, हरेक जात, धर्म, वर्ण तथा लिंग प्रति बैरभाव नराखी र कुनैपनि आर्थिक प्रलोभनमा नपरी, राजनैतिक आस्था प्रति निकट तथा दुरीभाव नराखी सत्य, सिघ्र तथा तथ्यपरक समाचार तथा सुचनाहरु अनि सभ्य, सुसंस्कृत तथा स्वस्थ मनोरञ्जन प्रदान गर्ने पवित्र उद्देश्यका साथ यो अनलाईन मिडिया संचालनमा ल्याएका हौं ।